Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोली अमेरिकाविरूद्व बलिङ गर्ने भएको छ। मुसा क्रिकेट स्टेडियममा नेपालका कप्तान सन्दिप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्। नेपालले आजको खेलका लागि हिजो ओमानविरुद्ध खेलेकै खेलाडीलाई मैदान उतार्ने भएको छ।

नेपाल घरेलु टोलीलाई हराउँदै अमेरिका भ्रमण अन्त्य गर्न चाहन्छ। नेपाल र अमेरिकाबीचको पहिलो खेल टाई भएको थियो।  नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो। तेस्रो खेलमा भने नेपालले ओमानलाई ७ विकेटले हराएको थियो। अमेरिकाले पहिलो खेलमा ओमानलाई ११४ रनले हराएको थियो। अमेरिका दोस्रो खेलमा ओमानसँग १३ रनले पराजित हुन पुगेको थियो।

नेपालको अन्तिम ११
कुशल भुर्तेल, आशिफ शेख, देव खनाल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, आदिल आलम अन्सारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र सागर ढकाल।

तपाईको प्रतिक्रिया