
काठमाडौँ – हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति गोल्डकपको अन्तिममा हेटौंडाको विजय युथ क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।शनिबार हेटौंडा–५, क्याम्पा रंगशालामा शनिबार भएको दोस्रो सेमिफाइनलमा आर्मीले क्यामरुनी टिमलाई हराएको हो ।
आर्मीले एभिनियरलाई सडनडेथमा पराजित गरेको हो । निर्धारित समय एक-एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत नतिजा निकालिएको हो ।








