Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा २१२ रनको लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो । नेपालका लागि आरिफ शेखले अर्धशतकीय पारी खेले । उनले ७९ बलमा ६ चौकासहित ६६ रन बनाए । देव खनालले ३४ र रोहितकुमार पौडेलले २०, दीपेन्द्रसिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३ र सुनिल धमलाले १२ रन जोडे ।

ओमानका लागि कप्तान जीशान मक्सूद र खावर अलीले तीन/तीन, बिलाल खान दुई तथा अयान खानले एक विकेट लिए । त्यसअघि अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २११ बनाएको थियो ।

उसका लागि कप्तान जीशान मक्सूदले अविजित रहँदै १०४ रनको शतकीय पारी खेले । उनले १२६ बलमा १२ चौका प्रहार गरे । खावर अलीले ३०, सोयब खानले २७, सुरज कुमारले १२ र जतिन्दर सिहंले ११ रनको योगदान दिए । नेपालका करण केसीले पाँच, कप्तान सन्दीप लामिछानेले दुई र सोमपाल कामीले एक विकेट हात पारे ।

जितसँगै ३३ खेलमा ४२ अंक जोडेको ओमान शीर्ष स्थानमा रहँदा पराजित नेपाल १३ खेलमा १२ अंकका साथ छैटौं स्थानमा छ । सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार अमेरिकाको सामना गर्नेछ ।

तपाईको प्रतिक्रिया