Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – एक वर्षको अवधिमा करिब ७२ हजार विदेशी पर्यटकले म्याग्दीका पर्यटकीय स्थलहरूको भ्रमण गरेका छन्। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार २०७५ वैशाखदेखि चैत महिनासम्म म्याग्दी भ्रमण गर्ने पर्यटकको संख्या ७१ हजार ९ सय ९२ जना पुगेको हो ।

कात्तिक महिनामा सबैभन्दा बढी १४ हजार दुई सय ९९ पर्यटक भ्रमणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताए। घोरेपानीको पर्यटक प्रहरी चौकी, बेनी, भुरुङ–तातोपानी र दरबाङस्थित प्रहरी चौकीले पर्यटकको विस्तृत विवरणसहित तथ्यांक राख्ने गरेको छ। मुस्ताङको प्रवेश द्धारको रूपमा रहेको म्याग्दीमा धौलागिरी र अन्नपूर्ण हिमाल आरोहण र पदयात्राका लागि विश्वका विभिन्न देशबाट आउने पर्यटकको संख्यामा १० प्रतिशतले बढेको छ। पर्यटक आगमन बढाउन म्याग्दी उद्योग वाणिज्य संघको अगुवाइमा २०७५ लाई म्याग्दी भ्रमण वर्ष घोषणा गरिएको थियो ।

प्राकृतिक तातोपानी कुन्ड, घोरेपानी, पुनहिल, खोप्रा, अन्नपूर्ण धौलागिरी, धौलागिरी सेञ्चुरी, धौलागिरी चक्रीय, धौलागिरी आइसफल, टोड्के, रुइसे, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।

आन्तरिक पर्यटकको आगमनसमेत उल्लेख्य छ। आन्तरिक र बाह्य पर्यटकको आगमन बढेसँगै पर्यटकीय स्थलहरूमा सुविधा सम्पन्न होटल तथा लज र पूर्वाधार निर्माणको कामले तीब्रता पाएको छ। प्रहरीको तथ्यांकअनुसार चैतमा १० हजार ४ सय ५१ र वैशाखमा नौ हजार ४ सय ८४ पर्यटक भ्रमणका लागि आएका छन्। यसैगरी जेठमा तीन हजार ५ सय १७, असारमा एक हजार ७ सय ७९, साउनमा तीन हजार ४ सय ४५, भदौमा तीन हजार ९२, असोजमा सात हजार ५ सय ३२, मंसिरमा पाँच हजार २०, पुसमा चार हजार ३ सय ४२, माघमा चार हजार ३ सय ४२, फागुनमा चार हजार ९ सय ९० जना पर्यटक आएका छन् ।

 

तपाईको प्रतिक्रिया