Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडाैं – प्रहरीका उच्च अधिकारीहरू सेवाबाट अवकाशलगत्तै राजनीतिक दलमा प्रवेश गर्ने क्रम विगतदेखि चल्दै आएको छ । त्यही मेलो पछिल्लोपटक नेपाल प्रहरीकी पूर्वडीआईजी पार्वती थापाले पनि पछ्याएकी छन् ।

थापा सोमबार मात्रै उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेकी छन् । विभिन्न क्षेत्रमा क्रियशील व्यक्तिहरू जस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरु पनि सेवाबाट अवकाश पाएलगत्तै राजनीतिमा प्रवेश गरेका छन् । अवकाशपछि कहिले नेपाल त कहिले विदेश बस्दै आएकी थापाले फोरममा प्रवेश गरेर सक्रिय राजनीति गर्ने संकेत गरेकी छन् ।

थापाअघि पूर्वप्रहरी महानिरीक्षकहरू डिबी (दिलबहादुर) लामा, धु्रवबहादुर प्रधान, प्रदीपशमशेर राणा, नेपाल प्रहरीका पूर्वएआइजी गणेशराज राई, सशस्त्र प्रहरीका पूर्वएआजीद्वय रिषभदेव भट्टराई र कृष्ण तामाङ, नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाललगायत राजनीतिक दलहरूको छहारीमा ओत लागिसकेका छन् । लामा नेपाली कांग्रेसमा प्रवेश गरी सहायक मन्त्रीसमेत भए। भूपू प्रहरी संघका अध्यक्ष लामा ५० को दशकदेखि कांग्रेस राजनीतिमा लागेका थिए ।

२०५६ सालमा कांग्रेसको टिकटमा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई लामा २०५८ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामान्य प्रशासन सहायकमन्त्री भएका थिए । त्यसैगरी प्रधान अवकाशलगत्तै राप्रपामा प्रवेश गरेका थिए । राप्रपाको महामन्त्रीसमेत भएका उनी राजनीतिमै सक्रिय छन् । एक वर्षअघि पूर्वडिआइजी सिलवाल तत्कालीन एमालेमा प्रवेश गरेका थिए । उनी ललितपुर क्षेत्र १ बाट निर्वाचित भई प्रतिनिधिसभा सदस्य बनेका छन् । देउवा नेतृत्वको तत्कालीन सरकारले प्रहरी महानिरीक्षकमा नियुक्त नगरेपछि उनी राजीनामा दिएर एमालेमा पसेका थिए ।

पूर्वप्रहरी महानिरीक्षक राणा शरदसिंह भण्डारीले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय मधेस सामाजवादी पार्टीमा प्रवेश गरेका थिए । उनी सोही पार्टीबाट २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा रौतहटबाट उम्मेदवार भए पनि सन्तोषजनक मत प्राप्त भएन । त्यसयता उनी राजनीतिमा मौन छन् । पूर्वएआइजीद्वय राई र भट्टराई पूर्वप्रधानमन्त्री रहेका बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए । सो पार्टीका केन्द्रीय सदस्य एवं सुरक्षा तथा अनुसन्धान विभाग प्रमुखसमेत भएका राईले दुई वर्षपछि पार्टीको साधारण सदस्यता त्यागेका छन् ।

१० माघ २०७२ मा एआइजीबाट अवकाश पाएको केही दिनमै नयाँ शक्तिमा आबद्ध भएका राई राजनीति त्यागेको घोषणासहित चुपचाप बसेका छन् ।  तामाङ पनि संघीय समाजवादी फोरममा लागेका छन् । पूर्वप्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहलाई तत्कालीन माओवादीले सामानुपातिक कोटाअन्तर्गत संविधानसभाको सदस्य बनाएको थियो । दोस्रो संविधानसभा सदस्य रहेका शाहलाई एमाले र माओवादी केन्द्र एकतापछि बनेको नेकपामा कुनै पनि जिम्मेवारी दिइएको छैन । सामाजिक सञ्जालमा शाहले सरकारका कामकारबाहीप्रति टिप्पणी गरिरहेको पाइन्छ। पूर्वएसएसपी लव बिष्ट विकेकशील नेपाली पार्टीमा सक्रिय छन् ।

तपाईको प्रतिक्रिया