Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – लमजुङमा एक युवाले दाउराले हान्दा ५ जना गम्भिर घाइते भएका छन् । मस्याङ्दी गाउँपालिका ९ सेग्ले घर भएका २६ बर्षीय रामबहादुर विश्वकर्माले सोहि वडा पामचोक गाउँका ६ जनालाई शुक्रबार घाइते बनाएका हुन् ।

उनले घरमा एक्लो भएको मौका छोपी क्रमशः टाउकोमा प्रहार गर्दै हिँडेका थिए । विश्वकर्माको प्रहारबाट गाउँका पामचोकका ६९ बर्षीय बुद्धिबहादुर थापा, ६० बर्षीय रेखु भण्डारी, ५० बर्षीय गोपाल भण्डारी, उनका श्रीमती ५० बर्षीय लक्ष्मी भण्डारी, २५ बर्षीया शोविता खड्का गम्भिर घाईते भएका छन् ।

पुष्पा वास्तोला भने सामान्य घाइते भएकी छन् । पुष्पा बाहेक सबैलाई बेंसीसहरमा रहेको जिल्ला सामुदायिक अस्पतालमा उपचारका लागि ल्याईएको थियो । यस अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौंका विभिन्न अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ । उनीहरुको टाउकोमा गम्भीर चोट लागेकाले सीटीस्क्यान गर्नुपर्ने भएकाले रिफर गरिएको अस्पतालले जनाएको छ ।

आक्रमणकारी युवकलाई स्थानीय, प्रहरी लगायतले वडा नं. ३ को खुदी तरापुबाट नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यलयमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए । उनले भने, ‘ति युवकको मानसिक सन्तुलन गुमेको हुन सक्छ । सामान्य मान्छेले यस्तो गर्न सक्दैन् ।’ ति युवकलाई मानसिक अवस्था ठिक भए नभएको चिकित्सकहरुले जाँच गर्ने तयारी भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया