Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं  – धेरै नेपाली कामदारहरुले श्रम गर्ने मलेसियाको जेलमा २ सय ६ जना नेपाली थुनामा परेका छन् । मलेसियास्थित नेपाली राजदुताबासले ९ जनवरी २०१९ मा जारी गरेको प्रतिबेदन अनुसार सो संख्यामा नेपाली कामदारहरु जेलमा रहेकाे तथ्यांक सार्वजनिक भएको हो ।

भाषा, चालचलन र सामान्य अपराधदेखि कैंयौ जघन्य अपराध सम्मका मुद्दामा नेपालीहरु जेल चलान भएको दुताबासका अधिकारीहरुले बताएका छन् । क्वालालाम्पुरस्थित नेपाली दुताबासका प्रथम सचिव बिनोद मुखियाले धेरैजसो नेपाली भिसा नभएका, सामान्य अपराध, जुवा-तास र जाँड रक्सी सेवन लगाएतका मुद्दामा जेल चलान हुने गरेको बताए ।

सचिव मुखियाले रोजगारीका लागि जानुभन्दा अघि सम्बन्धित देशको नीति-नियम र सिक्नुपर्ने सामान्य जानकारीको अभावले पनि कामदारहरु फस्ने गरेको बताए ।

कति कामदार के कारणले जेलमा ?
दुताबासले जारी गरेको प्रतिवेदनमा सबैभन्दा धेरै भिसा नभएका र अबैध रुपमा बसोबास गर्दै आएका ९३ नेपाली जेलमा छन् । त्यस्तै जाँड-रक्सी र जुवा-तास खेलेर जेल पर्ने ८२ जना छन् । ड्रक्स कारोबारमा १९ जना, मृत्युदण्ड शीर्षकमा १६ जना,  मानिस अपहरणमा २, एन्टीकरप्सन २ र बालबालिका सम्बन्धि अपराधमा १ जना नेपाली जेलमा रहेको दुताबासले जनाएको छ ।

प्रथम सचिव मुखियाका अनुसार प्रतिवेदन तयार हुनु अघि अदालतबाट १ सय ५२ जनाको पुर्पक्ष भैसकेको र २ सय ६ जना मध्ये ५४ जनाको मुद्दा एक महिना भित्रै पेशी चढ्ने तयारी छ ।

१ सय ७० नेपाली घरफिर्ति केन्द्रमा 
विभिन्न शीर्षकका मुद्दामा जेल चलान भएका आरोपीहरुले अदालतबाट सफाई पाएपनि सोझै घर फर्किन पाउँदैनन् । अदालतबाट सफाई पाएसँगै उनीहरुलाई घरफिर्ति केन्द्रमा सार्ने र पुर्णरुपमा सुध्रिएको ठहर भएपछिमात्रै उनीहरुलाई घर फर्काइने प्राबधान छ ।

दुताबासका अनुसार त्यसरी अदालतबाट सफाई पाइसकेका १ सय ७० जना नेपाली मलेसियाको घरफिर्ति केन्द्रमा छन् । मलेसियाका लागि नेपालका कार्यबाहक राजदुत कुमारराज खरेलले लामो समय जेल बसेका कतिपय नेपालीहरु भने मानसिक सन्तुलन गुमाएर फर्किने गरेको बताए ।

अनुगमन र चेतनामुलक कार्यक्रम गर्छौं : दुताबास 
मलेसियास्थित नेपाली राजदुताबासले भने नेपालीहरु धेरै भएका ठाउँहरुमा चेतनामुलक कार्यक्रम गर्ने र बिभिन्न जेलको अनुगमन गर्ने गरेको जनाएकाे छ । दुताबासका कार्यबाहक राजदुत कुमारराज खरेलले कार्यालयका नियमित कामकाज बाहेक सामाजिक सञ्जालमा पनि विभिन्न जानकारीमुलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताए ।

उनले यसअघि मेनपावर कम्पनीहरुले विना तयारी अन्धाधुन्द कामदार पठाउँदा समस्या भएको बताउँदै आगामी दिनमा कामदार पठाउँदा मेनपावर कम्पनीलाई जिम्मेवार बनाउनुपर्ने प्रतिक्रिया दिए । मलेसिया जानु भन्दाअघि नेपाली कामदारले भाषा, रहनसहन, चालचलन र आफु काम गर्ने कम्पनीको विस्तृत विवरणको अध्ययन गरेरमात्र आउने हो भने असजिलो नहुने प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया