Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – सरकारले ११ हजार ८३ जना नायव सुब्बा र खरिदारको समायोजन सूची सार्वजनिक गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अहिलेसम्म नायब सुब्बा र खरिदार गरी ११ हजार ८३ जनाको सूची सार्वजनिक गरेको हो । त्यसमध्ये ६ हजार चार सय ७७ जना नायब सुब्बा र ४ हजार ६ सय ६ जना खरिदार रहेका छन ।

समायोजन भएका नायव सुब्बा मध्ये सामान्य प्रशासनतर्फ ५ हजार ८ सय २ रहेका छन् भने राजस्व तर्फ ६ सय ७५ जना रहेका छन्। त्यसमध्ये सामान्य प्रशासनतर्फ ३ हजार ३ सय १० जनाले संघ, १ हजार एक सय ५९ जनाले प्रदेश र १ हजार तीन सय ३३ जनाले स्थानीय तह रोजेका छन्।

त्यस्तै समायोजन भएका प्रशासन सेवा सामान्य प्रशासन समूहका ४ हजार ६ सय ६ जना खरिदार मध्ये संघमा ३ हजार एक सय १४, प्रदेशमा तीन सय ७८ र एक हजार एक सय १४ जनाले स्थानीय तह रोजेका छन्।

संघमा समायोजन भएका स्थानीय तथा प्रदेश तहमा कार्यरत कर्मचारीलाई तत्काल रमाना नदिइने भएको छ । संघमा समायोजन भए पनि तत्काल रमाना नदिइने मन्त्रालयले जनाएको छ । तर प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको हकमा भने यो व्यवस्था लागू हुने छैन ।

अहिले समायोजन हु“दा धेरैजसो सेवा र समूहमा संघको दरबन्दी पदपूर्ति हुने छ ।प्रदेश तथा स्थानीय तहमा रिक्त हुने अवस्था आएपछि दैनिक सेवा प्रवाह प्रभावित नहोस् भन्नका लागि संघबाट प्रदेश तथा स्थानीयमा खटाउने कार्यलाई प्राथमिकता दिने नीति अपनाइएको हो ।

तपाईको प्रतिक्रिया