Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – मध्य हिउँदपछि हरेक साताजसो हिउँदे झरी दोहोरिन थालेपछि हिउँदले विदा माग्न पाएको छैन । अझै जाडो घटेको छैन ।

भू–मध्य सागरको वायुको प्रभावले देशका अधिकांश भू–भागमा मध्यमदेखि हल्का हिउँदे झरी र हिमपातको गतिविधि दोहोरिदैछ । आइतवार धेरै ठाउँको मौसम सुधार भएपनि सोमवार विहानैदेखि मुलुकको सुदुर पश्चिमी भेगको मौसम प्रभावित हुँदैछ भने साँझसम्ममा त्यस्तो प्रभाव अन्यत्र पनि फैलदैछ ।

अंग्रेजी महिनाका डिसेम्बर, जनवरी र फेब्रुअरीलाई हिउँदयाम मानिन्छ भने यो अवधिमा हुने वर्षालाई मौसमविद्हरु हिउँदे वर्षाका रुपमा बुझ्ने गर्छन् । तर केही वर्षयता हिउँदे झरी हिउँदयामको आखिरीतर्फ धकेलिदै गएको छ ।

किन यस्तो, भन्ने प्रश्नमा वरिष्ठ मौसमविद् मणिरत्न शाक्य भन्नुहुन्छ–‘जलवायु परिवर्तनको प्रत्यक्ष÷अप्रत्यक्ष असरले यस्तो भइरहेको छ, मंसिर अन्तिममा पर्नुपर्ने पानी पुस अन्तिम र माघ लागेपछि मात्रै पर्न थालेको छ ।’

काठमाडौ विश्वविद्यालयका आगन्तुक प्राध्यापक समेत रहनु भएका शाक्य विगत डेढ दशकयता नेपाल सहित दक्षिण एसियाली मनसुन र हिउँदे झरीको गतिविधिबारे अनुसन्धान गर्दै आउनु भएको छ ।

तपाईको प्रतिक्रिया