Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौं – सर्वोच्च अदालतले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउन सरकारलाई निर्देशनात्मक आदेश दिएको छ ।

सरकारले सर्वोच्च अदालतको आदेश पालना गरे अब श्रम सम्झौता भएका आठवटा मुलुकबाहेक अन्य मुलुकमा नेपाली कामदार जान पाउने छैनन् ।

लामो समयदेखि श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने माग हुँदै आए पनि यसमा सरकारले बेवास्ता गर्दै आएको थियो ।

सर्वोच्चको निर्देशनात्मक आदेशपछि भने अब सरकारले श्रम सम्झौता गरेरमात्र कामदारलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

तपाईको प्रतिक्रिया