Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – फागुन २० गतेदेखि जिम्बाबेमा सुरु हुने आइसीसी एकदिवशीय विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

विश्वकज क्रिकेटका लागि आइसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले १५ नियमित र ४ बैकल्पिक खेलाडीको सूची सार्वजनिक गरेका हुन् ।

टोलीमा सबै खेलाडीहरु आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू कै छन् । विश्वकप छनोटमा १५ जनाको टिम हुने भएकाले ललित राजवंशीले टिममा स्थान बनाएका छन् ।

घोषित टिमको कप्तान पारस खड्का, उप–कप्तान ज्ञानेन्द्र मल्ल, दीलिप नाथ, दिपेन्द्र सिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । टोलीको बैकल्पिक खेलाडीमा सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र बिनोद भण्डारी छन् ।

प्रतियोगितामा नेपालले फागुन २० गते घरेलु टोली जिम्बाबेसँग खेल्नेछ भने २४ गते स्कटल्याण्डसँग, २६ गते अफगानिस्तानससँग र २८ गते हङकङसँग खेल्नेछ ।

तपाईको प्रतिक्रिया