Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – अमेरिकाको सिकागोमा रहेको ओहार अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि विमानमा आगलागी भएको छ । अमेरिकी एयरलाइन्सको विमानमा उडान भर्नुअघि धावन मार्गमा रहेका बेला आगो लागेको हो ।

अमेरिकी एयरलाइन्सको विमान ७६७ को दाहिने भागमा आगो लागेको बताइएको छ । विमानको दुई नम्बर इन्जिनमा आगो लागेको विमानस्थलमा अग्नि नियन्त्रण प्रमुख टिमोथी सामपीले जानकारी दिनुभयो । एक सय ६१ जना यात्रु र चालक दलका ९ सदस्य गरी विमानमा एक सय ७० जना थिए ।

२० जना सामान्य घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लगिएको छ । –एजेन्सी

तपाईको प्रतिक्रिया