Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – रिपब्लिकन पार्टीका तर्फबाट अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पले हिलारी क्लिन्टनले दंगाग्रस्त मध्य पूर्वी देश सिरियासम्बन्धी लिएको विदेश नीतिले तेस्रो विश्वयुद्ध निम्तने दाबी गर्नुभएको छ ।

ट्रम्पले अमेरिकाले इस्लामिक विद्रोही समूह इस्लामिक स्टेट आइएस आइसलाई समाप्त पार्न आफ्नो ध्यान दिनु पर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘अमेरिकाले आइएसआइएसलाई पूरा विश्वबाट नै समाप्त पार्ने कुरामा ध्यान दिन जरुरी छ । सिरियाली राष्ट्रपति बसर अल असदले आफ्नो पदबाट राजीनामा दिएर समस्याको समाधान गर्नुपर्छ।’

ट्रम्पले थप्नुभयो, ‘तपाईं ढुक्क हुनुहोस् यदि हामीले क्लिन्टनको सिरिया सम्बन्धी विदेश नीति आत्मसाथ गर्यौ भने तेस्रो विश्वयुद्ध अवस्था सुरु हुनेछ। ’उहाँले रिपब्लिकन पार्टीका सदस्य आफ्नो उमेद्वारीलाई लिएर एकीकृत नहुँदा आफूले कमजोर महसुस गरेको पनि बताउनुभयो ।

तपाईको प्रतिक्रिया