अमेरिका – रिपब्लिकन पार्टीको तर्फबाट अमेरिकी राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले महिलाको बारेमा आफूले गरेको अश्लिल टिप्पणीप्रति माफि मागेका छन् । केही दिनअघि सार्वजनिक भएको एक भिडियोमा ट्रम्पले महिलालाई अपमान गरेका थिए ।

सन् २००५ को भिडियोमा ट्रम्पले स्टार व्यक्ति भएमा महिलासँग जे पनि गर्न सक्ने बताएका छन् । महिलाको अपमान गरेको यस्तै अर्को भिडियो पनि सार्वजनिक भएको छ । यसले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति उम्मेदवार ट्रम्पलाई समस्यामा पारेको छ ।
महिलाप्रतिको ट्रम्पको विचारको सर्वत्र आलोचना भएको छ । रिपब्लिकन पार्टी भित्र पनि उनको विरोध भइरहेको छ । ट्रम्पले माफि मागे पनि उनको चुनावी अभियानमा भने असर परेको विश्लेषकले बताएका छन् ।








