Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौं – पाँच दशकभन्दा लामो अवधि चलेको सशस्त्र कम्युनिस्ट गुरिल्ला युद्धलाई अन्त्य गर्न भूमिका खेलेकोेमा कोलम्बियाका राष्ट्रपति जुवान म्यानुअल सान्टोसलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको बीबीसीले जनाएको छ ।

55

नोबेल पुरस्कार समितिले स्वीडेनको स्टकहोममा आयोजित पत्रकार सम्मेलनमा उक्त घोषणा गरेको हो । फार्क विद्रोहीहरूसँग ५२ वर्ष सशस्त्र संघर्षपछि वर्षौंको वार्तापछि गत महिना शान्ति सम्झौता भएको थियो । विद्रोहीहरूले हतियार सुम्पेर शान्तिपूर्ण राजनीतिमा आउने सम्झौता भएको थियो ।

विद्रोहमा २ लाख ६० हजारको ज्यान गएको बताइएको छ । तर, कोलम्बियाली मतदाताले उक्त शान्ति सम्झौतालाई हालै भएको जनमत संग्रहमा अस्वीकार गरेका थिए । गत आइतवार भएको जनमत संग्रहमा झिनो बहुमत (५०.२४ प्रतिशत) ले यसअघि भएको सम्झौता अस्वीकार भएको थियो । उक्त मतदानमा ४० प्रतिशतले मात्र भाग लिएका थिए ।

सरकारले विद्रोहीलाई दिएको छुट तथा सहायता धेरै भएको तर्क सम्झौताका विरोधीहरूले गरेका थिए ।  हत्यालगायतका अपराधका लागि विद्रोहीलाई जेलमा बस्नु नपर्ने वा कम समय बस्नुपर्ने गरी भएको सम्झौता धेरैलाई चित्त बझाएका छैनन् ।

खासगरी पूर्वराष्ट्रपति अलभारो उरिबेको पार्टीले फार्क विद्रोहीलाई जेल हाल्नुपर्ने तथा केही नेताहरुलाई राजनीतिबाट प्रतिबन्ध लगाउनुपर्ने बताउँदै आएको छ । मतदाताले उक्त शान्ति सम्झौता अस्वीकार गरेपछि राष्ट्रपति सान्टोसले सम्झौता पुनरावलोकन गर्नका लागि फार्कसँग वार्ता गर्न एउटा नयाँ टिम गठन गरेका छन् ।

तपाईको प्रतिक्रिया