Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – ब्राजिलको संसद्ले राष्ट्रपति डिल्मा रुसेफलाई पदबाट हटाएको छ । संसद्को माथिल्लो सदन सिनेटले राष्ट्रपति रुसेफ विरुद्धको महाभियोग प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्दै पदबाट हटाएको हो । brazil-3

सिनेटरहरुले राष्ट्रपति रुसेफलाई महाभियोग लगाएर पदच्युत गर्ने कि नगर्ने भन्ने विषयमा मतदान गरेका थिए । समाचार एजेन्सीहरुले जनाएअनुसार उनका विरुद्ध ६१ र पक्षमा २० मत परेको थियो र आर्थिक घोटाला गरेको आरोपमा उनीमाथि महाभियोग लगाइएको हो ।

योसँगै ब्राजिलमा रुसेफको वर्कर्स पार्टीको वामपन्थी सरकारको १३ वर्षे शासनकाल अन्त्य भएको छ । रुसेफले देशको बजेट हिनामिना गरेको आरोप लागेको थियो । तर उहाँले भने त्यो आरोप अस्वीकार गरिरहनुभएको छ ।

रुसेफको कार्यकाल आगामी सन् २०१९ को जनवरी १ मा सकिँदै थियो । सन् २०१८ मा निर्वाचन नहुँदासम्म ७५ वर्षीय उपराष्ट्रपति मिसेल टेमरले राष्ट्रपतिको पद समाल्नुहुने छ ।

तपाईको प्रतिक्रिया