काठमाडौँ – इटालीमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १ सय ५९ पुगेको छ ।
राजधानी रोमनजिक रहेको पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको ६ दशमलव २ म्याग्नेच्यूडको भूकम्पका कारण ३ सय ६८ जना घाइते भएका छन् । हराइरहेकाहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् । भग्नावशेषमा पुरिएका केहीको भने जीवितै उद्धार गरिएको छ । भग्नावशेषबाट १७ घण्टापछि एक आठ वर्षीया बालिकालाई जीवितै उद्धार गरिएको छ । मध्य इटालीमा निकै वर्ष पुराना घरहरू भत्किएका छन् ।
अमाट्रिसे सहरको आधा भाग पूर्णरुपमा ध्वस्त भएको छ भने अकुमोली सहरमा पनि थुप्रै घर भत्किएको छ । १० किलोमिटर मात्रै गहिराईमा गएको भूकम्पका कारण पेरुगिए सहरको आधा भाग नै ध्वस्त भएको बताइएको छ । –एजेन्सी








