इरान – इरानले मुलुकको आणविक गतिविधिमा उल्लेख्य योगदान गरेका एक वैज्ञानिकलाई आफ्नो देशको उच्च गोप्य सूचना समेत अमेरिकालाई उपलब्ध गराएको अभियोगमा उनलाई मृत्युदण्ड दिइएको आइतबार इरानी न्यायपालिकाका प्रवक्ताले जानकारी गराउनुभएको छ ।
शाहराम अभिरी नाम गरेका प्रसिद्ध आणविक हतियार अनुसन्धातालाई राज्यको गोप्य कुरा ‘शत्रु’ लाई जानकारी गराएकाले उनलाई मृत्युदण्ड दिइएको घोलामहोसेन मोहसेनी इजेजेलाई उद्धृत गर्दै मिजान अनलाइन समाचारले बताएको छ ।
अमिरी साउदी अरेबियाबाट सन् २००९ को जुलाईदेखि अघोषित रुपमा भूमिगत भई तर एक वर्षपछि अमेरिकामा सार्वजनिक भएका थिए ।
तर केही वर्षपछि अमिरीलाई इरानले स्वागत गरेको थियो । त्यसपछि भने अमिरीका बारेमा मृत्युदण्ड दिनुपूर्व खासै जानकारीहरु बाहिर आएका थिएनन् ।








