Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संघीयता देशका लागि जटिल समस्या बन्दै आएको बताउनुभएको छ । rohit

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आफू र विभिन्न युवा तथा विद्यार्थी सङ्गठनका पूर्व तथा वर्तमान नेतृत्वबीच गरेको अन्तक्र्रियामा नेता बिजुक्छेसात दलले सञ्चालन गरेको २०६२/०६३ को जनआन्दोलनमा संघीयताको मुद्दा नउठेको बताउँदै भन्नुभयो,‘जनआन्दोलनको माग सङ्घीयता होइन तर आन्दोलन सफल भएपछि सङ्घीयताको विषय बाहिरबाट जबर्जस्ती ल्याएर लादियो ।’

सङ्घीयताभन्दा पनि सरकारले स्थानीय निकायलाई स्वायत्तता प्रदान गरेर स्थानीय निकायलाई ५० प्रतिशत बजेट दिएको भए देशको छिटो विकास हुन सक्ने उहाँको धारणा थियो । नेपाल अन्तर्राष्ट्रिय क्षेत्रको राजनीतिक चलखेल गर्ने क्षेत्र बनाउन नहुनेमा जोड दिँदै उहाँले सङ्घीयताका विषयाम विदेशीले चलखेल तीव्र पारेको आरोप लगाउनुभयो ।

तपाईको प्रतिक्रिया