Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

झापा – नयाँ शक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले संसदीय प्रणाली अन्त्य नभएसम्म मुलुक आर्थिक समृद्धितर्फ अघि नबढ्ने बताउनुभएको छ । Baburam Bhattarai

पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका डा भट्टराईले आज झापाको बिर्तामोडमा बिर्तामोड प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपतीय प्रणालीअनुसार देश अघि नबढे देशको आर्थिक विकास नहुने बताउनुभएको हो ।

उहाँले मुलुकको पहिलो आवश्यकता भनेको विकास र समृद्धि भएको बताउँदै सत्ताको फोहोरी खेलले देशको विकास नहुने बताउनुभयो । संविधान आफैँमा अपूर्ण भएको बताउँदै नेता भट्टराईले भन्नुभयो, ‘गणतन्त्रलाई संस्थागत गर्न मात्र आफूले संविधानमा हस्ताक्षर गरेको हुँ ।’

विद्यामान राजनीतिक अस्थिरताको अन्त्य गर्न सबै मिलेर संविधान संशोधन गर्नुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया