Deneme Bonusu Veren Siteler
बुधबार, जेष्ठ २७, २०८३
Wednesday, June 10, 2026

काठमाडौँ – अघिल्लो सरकारले प्रस्ताव गरेका राजदूतहरुको सिफरिसलाई वर्तमान सरकारले फिर्ता लिने निर्णय गरेपछि एमालेले कडा आपत्ति जनाएको छ । एमाले महासचिव ईश्वर पोख्रेलले सो निर्णयको विरोध गर्नुभएको हो । ISHWOR-POKHREL-e1443958405869

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारे विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतहरुमध्ये संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक पृष्ठमूमि भएका राजदूतहरु सिफारिसको निर्णय फिर्ता गर्ने निर्णय गरेर गलत काम गरको महासचिव पोखरेलको भनाइ रहेको आजको राजधानी दैनिकमा खबर छ ।

‘सरकार अविछिन्न उत्तराधिकारवाला संस्था हो । अघिल्लो सरकारले पनि पालना गर्नेपर्ने नैतिक र कानुनी अभिभारा हो । तर, वर्तमान सरकारले जे निर्णय गरेको छ, त्यो नैतिक र कानुनी रूपमा पनि बेठीक छ ‘ उँहाले भन्नुभयो ।

पोखरलेलले एमालेलाई अलग्याएर काँग्रेस माओवादी अघि बढ्न खोजे उनीहरूको त्यो उदेश्य पूरा नहुने ठोकुवा गर्नुभयो ।

तपाईको प्रतिक्रिया