Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

कोपनहेगन – ‘युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन’ विषयमा केन्द्रित भएर डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रीय बैठक सम्पन्न भएको छ । जुलाई ३०–३१ सम्पन्न भएको बैठकले १३ बुँदे घोषणा पत्र जारी गरेको छ । Rashi photo

डेनमार्क स्थित नेपाली दूतावासका कार्यवहाक राजदूत रामकाजी खड्का, गैर आवासीय नेपाली संघका अध्यक्ष शेष घले, संस्थापक अध्यक्ष उपेन्द्र महतो, प्रमुख संरक्षक जीवा लामिछाने, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका, महासंघका कार्यकारिणी समितिका सदस्य तथा अन्तर्रा्ष्ट्रिय तथा एनआरएन लगानी प्रवद्र्धन समितिका सभापति चन्द्र ढकाल, गैर आवासीय नेपाली संघका संस्थापक सदस्य रामप्रताप थापा, संरक्षक दिल गुरुङ लगायत संघका पदाधिकारी एवं २० देशबाट प्रतिनिधित्व गर्नुहुने ३ सय गैर आवासीय नेपाली प्रतिनिधिहरूको उपस्थितिमा पाँचौँ युरोपियन क्षेत्रीय बैठकले व्यक्त विचारलाई समेटेको छ ।

नेपालमा लगानी प्रवद्र्धन गर्न गैर आवासीय नेपालीको निजीक्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघ बिच आएको सहकार्यलाई बिस्तार गर्ने अभिप्राय स्वरूप, युरोपमा बस्ने नेपालीहरूले १ अर्ब बराबरको लगानी गर्ने निर्णय गरिएको एनआरएन प्रबक्ता रन्जु वाग्ले थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया