काठमाडौँ – आगामी बहुमतीय सरकारको नेतृत्व लिन लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सुरक्षित बहुमतका लागि दौडधुप थाल्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय सकिन लागेपछि बहुमतीय सरकार गठनमा प्रचण्ड सक्रिय बनेको खबर आजको राजधानीमा खबर छ ।
उहाँले औपचारिकताका लागि शनिवार एमाले अध्यक्ष केपी ओलीदेखि सत्ता साझेदार काँग्रेस सभापति शेरबाहादुर देउवा र मधेसी मोर्चाका नेताहरुसँग भेटवार्ता गर्नुभएको थियो ।
सहमतीय सरकारकै लागि ओली सरकारविरुद्ध अविश्वसको प्रस्ताव ल्याएको दाबी गर्दै आउनुभएका दाहालले राष्ट्रपतिले दिएको समय गुज्रन लाग्दासम्म कुनै छलफल गर्नुभएको थिएन् ।







