Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले निर्धारण गरेको बाटो हिँड्न अब बन्ने नयाँ सरकार बाध्य हुने बताउनुभएको छ ।

एभिन्यूज टेलिभिजनको नवौँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो,‘अहिलेको भन्दा बाटो दायाँबायाँ गर्‍यो कि जनताले थाहा पाइहाल्छन् ।’ उहाँले आफ्नो कार्यकालमा मुर्छित सपनाहरुलाई ब्यूँझ्याउने काम भएको पनि टिप्पणी गर्नुभयो ।

वर्तमान सरकारले युरेनियम, फलामखानी, पेट्रोलियम खानी, नुनखानी पत्ता लगाएको र अब त्यसको उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो । आफूले रेलको कुरा गर्दा कसैले जिस्काए पनि निकट भविष्यमा नेपाली जनताले रेल चढ्न पाउने कुरालाई उहाँले दोहोर्‍याउनुभयो ।

सरकारले जनमुखी कार्यक्रम ल्याएपछि केही पार्टीका नेताले आफ्नो पार्टी अब साइनबोर्डमा मात्रै सीमित हुने चिन्ता व्यक्त गरेको पनि प्रधानमन्त्रीले खुलासा गर्नुभयो ।

तपाईको प्रतिक्रिया