Deneme Bonusu Veren Siteler
मङ्लबार, जेष्ठ २६, २०८३
Tuesday, June 9, 2026

टोकियो-जापानमा जन्मेर पनि नेपाललाई बढी मायाँ गर्ने, २० वर्षअगाडिदेखि नेपालीको सामाजिक, आर्थिक र शैक्षिक विकासमा दत्तचित्त भई लागि पर्ने जापानी नागरिक ओके बाजे (खाकोनि खाजुमासा) लाई हालै हृयोगो केनको आमागासाकी खाचोबाना शहरमा अभिनन्दन गरियो । समाजसेवी शंकर शर्मा र जापानी नागरिक माचुदा युकीयोसीको संयोजकत्वमा आयोजित अभिनन्दन कार्यक्रममा जापानमा रहेर विभिन्न पेशा तथा व्यवसायमा आवद्ध नेपालीहरु अनि नेपाललाई माया गर्ने जापानीहरुको उल्लेख्य सहभागीता रहेको थियो । ok-baje1
जापानी महिला सिराईसी चिकाले सञ्चालन गरेको उक्त कार्यक्रममा दोभासेको भूमिका विष्णु पौडेलको रहेको थियो भने कार्यक्रमको प्रचारप्रसारमा डिलाराम सापकोटाको पनि उल्लेख्य सहयोग रहेको थियो ।
सो कार्यक्रममा आगामी वर्ष पाल्पाको रामपुरवासीले वृहत अभिनन्दन कार्यक्रमबीच ओके वाजेलाई अभिनन्दन गर्न गईरहेको कुराको पनि जानकारी गराइएको थियो । २०१४ सालको मार्च महिनाको ४ तारिक रामपुरवासीले ओके वाजेलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उक्त दिन धेरै भन्दा धेरै जापानीहरुलाई नेपाल लैजान चाहन्छन् ओके बाजे । ३०० जनासम्मको जापानी नागरिकहरुको लागि होमस्टेको व्यवस्था र १०० जना सम्मको लागि होटलको व्यवस्था मिलाउने योजना रहेको छ । ok-baje-5
कार्यक्रममा मान्तव्य राख्ने क्रममा ओके वाजेले भने -“नेपाललाई गरीव देश भनेर भनिन्छ तर मलाई त्यस्तो लाग्दैन । देश गरीव भए पनि गरीवदेशका मानिसहरुको मन धेरै धनी छ, त्यसैले मलाई पनि नेपाली हुन मन लाग्यो ।” सन् १९३९ मा टोकियोमा जन्मिएका ओके बाजे १९९३ मा पहिलोपटक नेपालको लुम्बिनीको भ्रमणमा निस्केपछि उनलाई नेपाल प्रतिको मोह जागेको हो । नेपालको प्राकृतिक सौर्न्दर्यमा आकषिर्त हुन पुगेका ओके वाजेले नेपालीहरुको मायाँ र स्नेहले उतै बस्ने योजना बनाए । दिनरात भोकनिद केही नभनी नेपालीहरुको सहयोग गर्न कस्एिर ओके वाजे । त्यसो त उनले जापानी नागरिकता त्यागेर नेपाली नागरिकता पनि लिए र अहिले नेपालमा नै गाउँले जीवन विताउँछन् । यहाँसम्म कि उनले मोवाइल फोन पनि लिंदैनन् । कसैले भेटन चाहेको कुरा गरेमा पाल्पा आउन अनुरोध गर्छन् । २० वर्षेखि पाल्पामा बस्दै आए पनि अहिलेसम्म उनको बस्ने र खाने ठाउँको ठेगान छैन । झोला भिरेर समाजसेवामा लागेका ओके वाजे कामको शिलशिलामा जहाँ पुग्छन् त्यही वास वस्छन् । उनलाई नेपालमा गासवासको समस्यामा सहयोग गर्ने नेपालीहरु पनि छन् । नारायण प्रसाद आचार्य र मेघराज शर्माले उनको गासवासको समस्यामा हेरविचार गर्दै आएका छन् । जापानीहरुबाट सहयोग रकम उठाएर नेपालको पाल्पा जिल्लामा खानेपानी, स्वास्थ्य चौकी, विद्यालय, वाटोघाटो बनाउने काममा ओके वाजेको ठूलो योगदान रहेको छ ।

ok-baje-2शुरुमा नेपाली भाषा बुझ्दैनथे उनी । जसले जे भने पनि ओके, ओके भन्ने गर्दथे । त्यसैले गाउँका केटाकेटीहरुले उनको नाम नै ओके वाजे राखिदिए । अहिले उनी नेपाली राम्रोसँग वोल्न सक्छन् र बुझ्छन् पनि । आफ्नो नामको अर्थ पनि उनलाई राम्ररी थाहा छ । आफ्नो नाम ओके बाजे भएकोमा उनलाई खुशी लागेको छ ।ok-baje-3

 

 

 

 

 

 

तपाईको प्रतिक्रिया